काठमाडौं, ९ पुस । नेकपाका नेता जनार्दन शर्मा ‘प्रभाकर’को नाता सम्बन्ध अब नेपालको कुलीन घराना मानिने राणा परिवारसँग गाँसिएको छ । उनकी छोरी कविता शर्माले चितवनका आलोकप्रताप राणासँग बिहे गरेपछि प्रभाकर अब राणा परिवारका सम्धी बनेका छन् ।
कविता र आलोकले अमेरिकामा बिहे गरेका छन् । बिहेमा दुवै परिवारका अभिभावक सहभागी भए । जनार्दन शर्मा नेकपाको स्थायी कमिटीको बैठक छाडेर छोरीको बिहेमा सहभागी हुन अमेरिका पुगेका छन् ।
कविता र आलोकको चिनजान कलेज पढ्दादेखि नै थियो । उनीहरुले ललितपुरको क्यारेबियन कलेजमा सँगै पढेका थिए । तर, पछि आलोक सातदोबाटोस्थित काठमाडौं विश्वविद्यालयको कलेजमा एमबीए पढ्न थाले ।
कलेज पढ्दादेखि नै कविता र आलोकको प्रेम सम्बन्ध थियो । यो कुरा दुवैका अभिभावकलाई थाहा थियो । उनीहरु एकअर्काको घरमा आउने–जाने गरिरहन्थे । त्यही प्रेम सम्बन्धलाई परिवारलाई आधिकारिकता दिएका हुन् ।



लाेकपाटी न्यूज

