प्रकाण्ड भन्छन्- ५ वर्ष सरकार चलाउन दिनुस्, आमूल परिवर्तन गर्छौं

prakanda-1
फाइल फोटो
लाेकपाटी न्यूज

रुपन्देही, ९ पुस । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले आफूहरुले पाँच वर्ष सरकारको नेतृत्व गर्न पाए आमूल परिवर्तन गरेर देखाइदिने बताएका छन् ।

सोमबार क्रान्तिकारी पत्रकार संगठन केन्द्रीय समितिले बुटवलमा आयोजना गरेका पत्रकार सम्मेलनमा उनले अहिलेको संसदीय व्यवस्था र दलका नेताहरु असफल भएकाले सत्ताको नेतृत्व ५ वर्ष आफूहरुलाई दिनुपर्ने बताएका हुन् । यही व्यवस्था अन्तर्गत हुने चुनावमा भाग नलिने विश्वकर्माको भनाइ छ ।

उनले सरकारले आफ्नो पार्टीलाई औपचारिकरुपमा वार्ताका लागि नबोलाएको आरोप लगाउँदै भने, ‘सरकारले विभिन्न समूहहरुसँग वार्ता गर्न वार्ता टोली गठन गरेको भनेको सुन्यौं । तर, हामी समूह हैनौं । हामी त उनीहरुको भन्दा ठूलो पार्टी हौं ।’ उनले आफूहरु वार्ता विरोधी नभएको र सरकारले अफिसियल्ली वार्ताका लागि केही पनि नगरेको उनको आरोप छ ।

उनले सरकारले आफूहरुसँग वार्ता गर्न नै चाहेको भए एजेण्डा स्पष्ट पार्नुपर्ने बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्