दाङको दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त

Prachanda
लाेकपाटी न्यूज

काठमाडौं, पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार साँझ दाङमा भएको बस दुर्घटनामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

शुक्रबार साँझ एक वक्तव्य जारी गर्दै उनले शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका विद्यार्थी र शिक्षकको मृत्यु भएको घटनाप्रति आफू र सिङ्गो पार्टी मर्माहत भएको उल्लेख गरेका हुन् ।

अध्यक्ष प्रचण्डले दुर्घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

उनले सवारी दुर्घटनाबाट भइरहेको जनधनका क्षति न्यूनीकरण गर्न सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण पनि गराएका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्