काभ्रेपलाञ्चोक, ४ पुस । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सरकार राम्रो बनाउन कर्मचारीको भूमिका प्रमुख रहने बताएकी छिन् ।
भूमि प्रशिक्षण केन्द्रद्वारा नवप्रवेशी नापी अधिकृतका लागि सञ्चालित तीन महिने भूमि प्रशासन तथा कार्यालय व्यवस्थापनसम्बन्धी सेवा प्रवेश तालीम समापन कार्यक्रमलाई आज धुलिखेलमा सम्बोधन गर्दै उनले भने, “सरकार र कर्मचारी एकअर्काका परिपूरक हुन्, सरकार राम्रो बनाउने कर्मचारीले नै हो ।”
उनले कर्मचारीले राम्रो काम गरे सरकार राम्रो हुने र नराम्रो गरे सरकार पनि नराम्रो हुने जानकारी गराइन् । मन्त्री अर्यालले खटिएको ठाउँमा सुशासन कायम गर्न दत्तचित्त हुन कर्मचारीलाई आग्रह । जागिर पनि खाने ठाउँ पनि रोज्ने नगर्नुस्” मन्त्री अर्यालले भनिन्।
मन्त्री अर्यालले भनिन्, “तपाईंहरु आफू प्रशंसित हुने गरी काम गर्नुपर्छ, जहाँ जनताले सहज तवरले सेवा पाऊन्,” उनले कर्मचारीलाई ‘अर्जुन दृष्टि’ कायम राख्न आग्रह गरिन् । मन्त्री अर्यालले नापी सेवा प्रभावकारी बनाउन प्रविधिको उच्चतम प्रयोग गर्न प्रशिक्षार्थीलाई निर्देशन दिइन् । उनले २७ जना प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गरेकी थिइन् ।
प्रमूख जिल्ला अधिकारी कृष्णबहादुर राउतले नापी अधिकृतले देशको आर्थिक मेरुदण्डका रुपमा रहेको भूमि व्यवस्थापनको कार्य सम्पादनमा प्रभावकारी भूमिका खेल्नुपर्ने धारणा राखे ।



लाेकपाटी न्यूज

