नुवाकोट, २८ मंसिर। नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको घ्याङफेदीमा शुक्रबार एक मिनि ट्रक दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ ।
अनुमानित ४० जना यात्री बोकेर दुप्चेश्वर गाउँपालिकाको सिसिपु जाँदै गरेको मिनिट्रक घ्याङडाँडाको भीरबाट करिब ४०० मिटर तल खसेको स्थानीय लालबहादुर तामाङले जानकारी दिएका छन् ।
तामाङका अनुसार दुर्घटनामा १८ जनाको ज्यान गएको छ । शिखरबेसीस्थित घ्यावामा गएर फर्किएकाहरु दुर्घटनामा परेका हुन् ।
दुर्घटनामा घाइते भएकाको उद्धारका लागि प्रहरी जाँदै गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।


लाेकपाटी न्यूज

