काठमाडौं, २५ मंसिर । सुनचाँदीको मूल्य लगातार बढिरहेको छ । मंगलबार पनि सुनको भाउ तोलामा ६ सय रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाला सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा किनबेच भइरहेको छ ।
चाँदी पनि तोलामा पाँच रुपैयाँले बढेर ७३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



लाेकपाटी न्यूज
