कठमाडौं, २४ मंसिर । सोमबार सुनचाँदीको भाउ वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाला सुन तोलामा ४ सय रुपैयाँले बढेर ५९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन तोलाको ५९ हजार १ सयमा किनबेच भइरहेको छ ।
चाँदी तोलामा पाँच रुपैयाँले वृद्धि भएको ७२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



लाेकपाटी न्यूज
