काठमाडौं । विश्व सुन्दरी प्रतियोगिताबाट श्रृङ्खला खतिवडा आउट भएकी छिन् । आज भएको फाइनल प्रतियोगितामा उनी आउट भएकी हुन् ।
श्रृङ्खला प्रतियोगिताको टप १२ मा पुग्न सफल भएकी थिइन् । उनलाई विश्वविजेताका रुपमा हेरिएको थियो । तर, उपाधि चुम्ने नेपालको चाहना अधुरो नै रहेको छ ।
यसअघिको विश्व सुन्दरी प्रतियोगितामा नेपालको तर्फबाट सृष्टि श्रेष्ठ विच ब्युटीको टप १० मा पुगेर बाहिरिएकी थिइन् । त्यसयता श्रृङ्खला नै प्रतियोगिताको माथिल्लो तहमा पुगेकी हुन् ।



लाेकपाटी न्यूज

