सेतो र ७५ फुट लामो यो के हो ? यो हो प्रियंका चोपडाले आफ्नो विवाहमा लगाएको पहिरन। बलिउड अभिनेत्री प्रियंका चोपडाले बुधवार एउटा इन्स्टाग्राम पोस्ट गर्दै विवाहको यो पहिरन सार्वजनिक गरिन्।
प्रियंका र अमेरिकी कलाकार निक जोनासले गत साता भारतको राजस्थानस्थित जोधपुरमा ‘भव्य खाले’ विवाह गरेका थिए। उनको पहिरन राल्फ लोरेनले डिजाइन गरेका थिए र त्यसमा बीस लाख सितारा जडान गरिएको थियो। तर सबैको ध्यान भने उनको घुम्टीले तान्यो।
केही महिनाको गहिरो प्रेमपश्चात् प्रियंका र जोनासले यसै वर्षको ग्रीष्मकालमा आफ्नो टिकाटालोको घोषणा गरेका थिए। अहिले इन्टरनेटमा समेत मानिसहरू उक्त पहिरनबारे चर्चा गर्न थालेका छन्।
धेरै ठूलो भएकाले त्यो पोसाकलाई सम्हाल्न एउटा सानो समूहको नै आवश्यकता परेको थियो। र, केही व्यक्तिले त त्यसलाई विभिन्न खाले कुरासँग तुलनाहरू पनि गरे।



लाेकपाटी न्यूज

