काठमाडौं, १९ मंसिर । बुधबार पनि सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । आज सुन तोलामा सय रुपैयाँले बढेको छ भने चाँदी पाँच रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाला सुन प्रतितोला रु. ५८ हजार ४ सयमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन प्रतितोला रु. ५८ हजार १ सयमा किनबेच भइरहेको छ ।
चाँदी आज रु. ७१५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।



लाेकपाटी न्यूज
