काठमाडौं, १८ मंसिर । आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । निगमका अनुसार सोमबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा २ रुपैयाँ घटाइएको छ ।
निगमका प्रवक्ता वीरेन्द्र गोइतले स्वचालित मूल्य प्रणालीअनुसार मूल्य घटाई समायोजन गरिएको जानकारी दिए । मूल्य समायोजनपछि पेट्रोल प्रतिलिटर १ सय १२ रुपैयाँमा पाइनेछ भने डिजेल र मट्टितेल ९९ रुपैयाँमा पाइनेछ ।
निगमले खाना पकाउने ग्यासको मूल्यमा भने समायोजन गरेको छैन । विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आएको र डलरसँग नेपाली मुद्रा बलियो भएका कारण मूल्य घटेको बताइएको छ ।



लाेकपाटी न्यूज