काठमाडौं, १५ मंसिर । नेपाल राष्ट्र बैंकले शनिबारको (मंसिर १५) लागि एक अमेरिकी डलरको खरिद मूल्य १११ रुपैयाँ ०५ पैसा तोकेको छ ।
यसैगरी बिक्री मूल्य भने १११ रुपैयाँ ६५ पैसा रहेको छ । अमेरिकी डलरको मूल्य केहीदिन यता लगातार घटिरहेको छ ।
एक युरोको खरिददर १२६ रुपैयाँ ३४ पैसा छ भने बिक्रीदर १२७ रुपैयाँ ०२ पैसा रहेको छ ।
यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४१ रुपैयाँ ६० पैसा र बिक्रीदर १४२ रुपैयाँ ३७ पैसा रहेको छ । त्यस्तै जापानिज १० यनको खरिददर ९ रुपैयाँ ७८ पैसा छ भने बिक्रीदर ९ रुपैयाँ ८४ पैसा रहेको छ ।
कतारी एक रियालको खरिददर ३० रुपैयाँ ५० पैसा र बिक्रीदर ३० रुपैयाँ ६६ पैसा रहेको छ ।
विदेशी विनिमयदरको अवस्था हेर्नुहोस् :




लाेकपाटी न्यूज
