काठमाडौं, ९ मंसिर । धितोपत्र बजारमा आइतबार शेयरको मूल्यमा उच्च अङ्कले ह्रास आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १४ दशमलव ८२ अङ्कले घटेर एक हजार १६६ दशमलव ४३ बिन्दुमा पुगेको छ ।
प्रतिशतका आधारमा आज बजार एक दशमलव २५ बिन्दुले घटेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत तीन दशमलव शून्य आठ बिन्दुले घटेर २४७ दशमलब ९८ बिन्दुमा झरेको छ ।
स्टकका अनुसार कूल १५४ कम्पनीको आठ लाख ४० हजार ५५ कित्ता शेयर रु. २५ करोड ६ लाख ४२ हजार ४७५ मूल्यमा खरिद बिक्री भएको छ । कारोबार भएका कूल दश उपसमूहमध्ये आज सबै उपसमूहको शेयर घटेको छ । बैंकिङ १२ दशमलब ६४, होटल २८ दशमलब ८७, विकास बैंक छ दशमलब ४७, जलविद्युत् २४ दशमलब ८९, वित्त पाँच दशमलब १६, निर्जीवन बीमा ९६ दशमलव ७६, उत्पादन ५० दशमलब ५४, अन्य सात दशमलब ७१, माइक्रोफाइनान्स २२ दशमलब ४५ र जीवन बीमा ४४ दशमलब ४० अङ्कले घटेका छन् ।



लाेकपाटी न्यूज
