काठमाडौं, ६ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बिहीबार सचिवालय बैठक बोलाएको छ ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह ४ बजे बस्नेछ । सचिवालय बैठकमा नेकपाको पछिल्लो सांगठनिक विवाददेखि समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।
दुई पार्टीबीच माथिल्लो तप्कामा एकता भएपनि पार्टीको तल्लो तहमा अझै एकीकरण हुन सकेको छैन ।
माधवकुमार नेपाल पक्षीय २१ केन्द्रीय सदस्यले बुधबार मात्रै एकता अन्योलमा परेको भन्दै केन्द्रीय समिति बैठक बोलाउन दुवै अध्यक्षसँग माग गरेका थिए । नेकपाका नेताहरुका अनुसार बिहीबार बस्ने नेकपा बैठकमा सांगठनिक विषयमा छलफल हुनेछ ।



लाेकपाटी न्यूज