काठमाडौं, ४ मंसिर । राजेन्द्र महतो राजपा नेपालको अध्यक्षमण्डलको संयोजकमा चयन भएका छन् ।
मंगलबार राजपाको पार्टी कार्यालय बबरमहलमा बसेको बैठकले नेतृत्वलाई चक्रिय प्रणालीमा सञ्चालन गर्ने निर्णय बहुमतबाट पारित गरी महतोलाई संयोजकमा चयन गरेको हो ।
पार्टीमा अनुशासन कायम राख्न र महाधिवेशन सुनिश्चित गर्न अध्यक्ष मण्डलको नयाँ संयोजक चुनिएको राजपाले जनाएको छ ।
अब राजपाको अध्यक्ष मण्डलको संयोजकमा महन्थ ठाकुर नभई राजेन्द्र महतो हुनेछन् ।



लाेकपाटी न्यूज