प्यूठान, ४ मंसिर । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संघीयता संस्थागत गर्न सरकारकोे ध्यान नपुगेको आरोप लगाएका छन् ।
प्यूठानमा मंगलबार प्रेस युनियनले गरेको पत्रकार भेटघाटमा नेता सिंहले भने, ‘संविधानको संस्थागत गर्न सरकारको ध्यान पुगेको छैन ।’ उनले सरकारले जनतालाई शान्ति सुरक्षाको प्रत्याभूत गराउन नसकेको बताए ।
नेता सिंहले सरकारले कुरा मात्रै ठूला गर्ने भन्दै विकास बजेट ८ प्रतिशत पनि खर्च हुन नसकेकोप्रति गुनासो पोखे ।
सुनकाण्ड तथा यातायात सिण्डिकेट जस्ता ठूला घटनामा संलग्नलाई सरकारले नै संरक्षण दिएको आरोप लगाए ।



लाेकपाटी न्यूज