रसिया, २९ कात्तिक । रसियाको सुदूर पूर्वी कामचत्का प्रायःद्वीपमा ६ दशमलब ५ म्याग्निच्यूडको भूकम्प गएको रुसी भौगर्भिक सेवाले जनाएको छ ।
प्रारम्भिक विवरणअनुसार भूकम्पबाट जनधनको नोक्सान भएको कुनै समाचार प्राप्त भएको छैन ।
भूकम्पको केन्द्रबिन्दु कामचत्काको पूर्वी तटीय क्षेत्रमा रहेको थियो । यो क्षेत्र भूकम्पीय जोखिममा रहेको मानिन्छ । यही क्षेत्रमा एक महिना अघिमात्र ५.७ म्याग्निच्यूडको भूकम्प गएको थियो ।



लाेकपाटी न्यूज

