काठमाडौं, २८ कात्तिक । बुधबार पनि सुनचाँदीको मूल्यमा कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा रु. ३ सयले घट्दा चाँदी तोलामा रु. पाँचले घटेको छ ।
आज बजारमा छापावाला सुन प्रतितोला रु. ५८ हजार २ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला रु. ५७ हजार ९ सयमा किनबेच भइरहेको छ ।
त्यस्तै चाँदी तोलाको रु. ७१५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।



लाेकपाटी न्यूज
