डडेल्धुरा, २७ कात्तिक । नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ ।
सोमबार डडेल्धुरामा नेविसंघले आफ्ना नेताको रिहाईको माग गर्दै प्रधानमन्त्री ओली पुत्ला दहन गरेको हो ।
प्रहरीले नेविसंघका नेता कृष्ण ढकाललाई प्रधानमन्त्रीको तस्बिर बिगारेर फेसबुकमा सेयर गरेको आरोपमा पक्राउ गरेको थियो ।
ढकाललाई पक्राउ गरेकै विरोधमा नेविसंघले प्रधानमन्त्री ओलीको पुत्ला जलाएको बताइएको छ ।
त्यस्तै धनगढीमा पनि नेविसंघले प्रधानमन्त्रीको पुत्ला जलाएको छ ।
नेविसंघले ढकालको तत्काल रिहाई नभए सरकारविरुद्ध कडा आन्दोलन गर्ने जनाएको छ ।
ध



लाेकपाटी न्यूज