काठमाडौं, २७ कात्तिक । मंगलबार सुनचाँदीको बजार ओरालो लागेको छ । आज सुनको मूल्य प्रतितोला रु. चार सयले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाला सुन प्रतितोला रु. ५८ हजार ५ सयमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला रु. ५८ हजार २ सयमा किनबेच भइरहेको छ ।
चाँदीको भाउ पनि सोमबारको तुलनामा तोलामा रु. पाँचले घटेको छ । आज चाँदी प्रतितोला रु. ७२० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।



लाेकपाटी न्यूज
