काठमाडौं, १९ कात्तिक । सोमबार पनि सुनचाँदीको बजार स्थिर देखिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला रु. ६० हजारमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला रु. ५९ हजार ७०० मा किनबेच भइरहेको छ ।
चाँदीको बजारमा पनि आज स्थिर नै छ । चाँदी सोमबार प्रतितोला रु.७४५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।



लाेकपाटी न्यूज
