काठमाडौं, १८ कात्तिक । मानव अधिकारवादी पद्मरत्न तुलाधरको निधन भएको छ ।
उनको आइतबार दिउँसो १ बजे नर्भिक अस्पतालमा निधन भएको हो । उनको छातीमा इन्फेक्सन तथा रगतको नशामा समस्या देखिएपछि केही दिनदेखि उनी अस्पतालमा उपचाररत थिए ।
स्व. तुलाधरका श्रीमती, दुई छोरा र दुई छोरी छन् । उनको सोमबार शोभाभगवतीमा अन्तिम संस्कार गरिने बताइएको छ ।
को हुन् तुलाधर ?
तुलाधरलाई मानिसहरुले मानव अधिकारवादीको रुपमा मात्रै चिन्दैनन् । उनलाई वाम आन्दोलनका एक सशक्तको नेताको रुपमा पनि चिन्ने गरिन्छ ।
उनी भाषा आन्दोलनबाट परिचित भएका नेता थिए । नेपाल भाषा मंकाः खलः को अध्यक्ष बनेपछि
उनले भाषिक आन्दोलन नै चलाए ।
उनी बहुदल आएपछि एमालेका तर्फबाट दुईपटकसम्म प्रतिनिधिसभाको सदस्य बने । त्यस्तै उनी मनमोहन अधिकारी प्रधानमन्त्री रहँदा श्रम तथा स्वास्थ्य मन्त्री भएका थिए ।
विद्रोह गरिरहेको तत्कालीन माओवादीलाई वृहत शान्ति प्रक्रियामा ल्याउन उनले विशेष भूमिका खेलेका थिए ।
उनी पत्रकार तथा साहित्यकार पनि थिए ।



लाेकपाटी न्यूज