गान्धीले किन पाएनन् नोबेल पुरस्कार ? (पढ्नुस् २७ रोचक तथ्य)

mahatma-gandhi
लाेकपाटी न्यूज

महात्मा गान्धी अहिंसा र शान्तिका दूत मानिन्छन् । उनको शान्तिको सन्देश अहिले पनि विश्वव्यापी रुपमा चर्चाको शिखरमै छ। तर, तिनै गान्धीले शान्ति नोबेल पुरस्कार भने पाएनन्। पढ्नुस्, गान्धीको जीवनीबारे २७ रोचक तथ्य।

१. सय वर्षीय महात्मा गान्धीको मूर्ति व्यापारीक क्षेत्रको केन्द्रीय स्थान पीटरमेरिट्सबर्ग दक्षिण अफ्रिकामा रहेको छ ।

२. अक्टोबर २ गान्धीको जन्मदिन हो, यसकारण गान्धी जयन्तीको अवसरमा भारतमा राष्ट्रिय विदा हुन्छ । सन् २००७ जुन १५ मा सयुंक्त राष्ट्र महासभामा एक प्रस्तावको घोषणा गरियो कि २ अक्टोबरलाई अन्तर्राष्ट्रिय अहिंसा दिवसका रूपमा मनाइनेछ ।

३. महात्मा भन्ने शब्द संस्कृतबाट लिइएको हो, जसमा महाको अर्थ महान र आत्मको अर्थ आत्मा हुन्छ ।

४. धेरैजसो सूत्रहरूको अनुसार जस्तै दत्ता र रोबिन्सनको रबिन्द्रनाथ टेगोरस् सङ्कलनमा उल्लेख छ कि रबिन्द्रनाथ टेगोरले सबैभन्दा पहिले गान्धीलाई महात्माको संज्ञा दिएका थिए ।

५. अन्य सूत्रहरूको अनुसार नौतामलाल भगवानजी मेहताले सन् १९१५ जनवरी २१ मा उनलाई यो संज्ञा दिएका थिए ।

६. तर, गान्धीले आफ्नो आत्मकथामा भनेका छन् कि उनलाई कहिल्यै लागेन कि उनी यस सम्मानका लागि योग्य छन् ।

७. मानपत्रका अनुसार गान्धीलाई उनको न्याय र सत्यको सराहनीय बलिदानको लागि महात्मा नाम दिइएको हो ।

८. सन् १९३० मा टाइम पत्रिकाले महात्मा गान्धीलाई वर्ष पुरूषको रुपमा सम्मान दियो । सन् १९९९ मा गान्धी अल्बर्ट आइन्स्टाइन जसलाई शताब्दीको पुरूष नाम दिइयो र गान्धी त्यस सूचिमा पनि दोश्रो स्थानमा रहेका थिए ।

९. टाइम पत्रिकाले दलाई लामा, लेच सा, डा. मार्टिन लूथर किङ, जूनियर, सेसर शाउनीज, आङ सान सुकी, बेनिग्नो अकुइनो जूनियर, डेसमण्ड टूटू र नेल्सन मण्डेलालाई गान्धीको पुत्रको रूपमा चित्रित गरे र उनको अहिंसाको आद्यात्मिक उत्तराधिकारी माने ।

१०. भारत सरकारले हरेक वर्ष उल्लेखनीय सामाजिक कार्यकर्ताहरू, विश्वका नेताहरू र नागरिक हरूलाई महात्मा गान्धी शान्ति पुरस्कारबाट पुरस्कृत गर्ने गर्दछ ।

११. नेल्सन मण्डेला दक्षिण अफ्रिकाको नेता जो कि जातीय मतभेद र पार्थक्यको उन्मूलनमा सङ्घर्षरत रहे, यस पुरस्कारको लागि एक प्रवासी भारतीयको रूपमा प्रबल दावेदार हुन् ।

१२. सन् १९९६ मा भारत सरकारले महात्मा गान्धीको शृङ्खलाको नोटको मुद्रणको १, ५, १०, २०, ५०, १००, ५०० र १,००० का नोट प्रकाशित गर्यो । आज भारतमा जति पनि नोटहरू प्रयोगमा रहेका छन्, ती सबैमा महात्मा गान्धीको तस्वीर अङ्कित रहेको छ ।

१३. सन् १९६९ मा संयुक्त अधिराज्यले हुलाक टिकटको एक शृङ्खला महात्मा गान्धीको शतवार्षिक जयन्तीको उपलक्ष्यमा जारी गरेको थियो ।

१४. नयाँ दिल्लीमा गान्धी स्मृतिमा बीर स्तम्भले त्यस स्थानलाई अङ्कित गर्दछ, जहाँ उनको हत्या भएको थियो ।
१५. संयुक्त अधिराज्यमा गान्धीका यस्ता अनेक प्रतिमाहरू खास स्थानहरूमा छन् जस्तै ताभीस्टोक स्क्वायरको छेउ ताभीस्टोक चोक, लण्डन, जहाँ उनले कानुनको शिक्षा प्राप्त गरेका थिए ।

१६. संयुक्त अधिराज्यमा जनवरी ३० का दिन राष्ट्रिय गान्धी स्मृति दिवस मनाउने गरिन्छ । संयुक्त राज्यमा गान्धीको प्रतिमाहरू न्यूयोर्क शहरमा रहेको यूनियन स्क्वायर बाहिर र एटलान्टामा मार्टिन लूथर किङ जूनियर राष्ट्रिय ऐतिहासिक स्थल र वाशिंगटनमा भारतीय दूतावासको नजिक मेसाचुसेट्स मार्गमा रहेको छ ।

१७. त्यस्तै दक्षिण अफ्रिकाको पीटरमेरिट्सबर्ग शहरमा भारतीय दूतावासको नजीक, जहाँ सन् १८९३ मा गान्धीलाई रेलको प्रथम श्रेणीबाट निकालिएको थियो, त्यहाँ उनको स्मृतिमा एउटा प्रतिमा स्थापित गरिएको छ ।

१८. गान्धीको प्रतिमाहरू मेडम तुसादको मैन संग्रहालय, लण्डन, न्यूयोर्क र विश्वको अनेक शहरहरूमा उनको सम्मानमा स्थापित गरिएका छन् ।

१९. महात्मा गान्धी सन् १९३७ देखि सन् १९४८ को बीचमा पाँच पटक शान्तिको नोबेल पुरस्कारको लागि मनोनित भए, जसमा अमेरिकन फ्रेंड्स सर्विस कमिटीद्वारा दिइएको नामाङ्कन पनि सामेल छ । तर, यो पुरस्कार गान्धीलाई कहिल्यै पनि प्राप्त भएन ।

२०. दशकौं पश्चात् नोबेल समितिले आफ्नो यस भूलप्रति खेद भएको सार्वजनिक रूपमा घोषित गर्यो । र उनीहरूले यो पनि स्वीकार गरे कि पुरस्कार नदिनुको कारण विभाजित राष्ट्रिय विचार रहेको थियो ।

२१. महात्मा गान्धीलाई यो पुरस्कार सन् १९४८ मा दिन लागिएको थियो । तर, उनको हत्याको कारण यसलाई रोकियो । त्यस वर्ष दुई नयाँ राष्ट्र भारत र पाकिस्तानबीचमा युद्ध आरम्भ हुनु पनि एउटा जटिल कारण थियो ।

२२. गान्धीको मृत्यु वर्ष सन् १९४८ मा पुरस्कार यस कारणबाट दिइएन किनभने त्यस समय कोही जीवित योग्य उम्मेदवार थिएनन् ।

२३. जब सन् १९८९ मा दलाई लामालाई यस पुरस्कारले पुरष्कृत गरियो, त्यस समय यस समितिका अध्यक्षले भने, ‘यो महात्मा गान्धीको यादमा श्रद्धाञ्जलीको नै एउटा हिस्सा हो ।’

४. राजघाट, नयाँ दिल्ली भारतमा त्यस स्थानलाई अङ्कित गर्दछ, जहाँ सन् १९४८ मा गान्धीको दाहसंस्कार भएको थियो ।

२५. भारत सरकारले सन् १९७१ मा बिरला भवन (बिरला हाउस) नयाँ दिल्ली अधिग्रहण गर्यो, जहाँ सन् १९४८ जनवरी ३० मा गान्धीको हत्या गरिएको थियो र यो सन् १९७३ मा गान्धी स्मृतिको रूपमा जनताका लागि खोलिएको थियो ।

२६. यो स्मृतिले त्यस कोठालाई संरक्षण गरेको छ, जहाँ गान्धीले आफ्नो अन्तिम समयको चार महिना बिताएका थिए र त्यो मैदान पनि जहाँ राति हिडडुलका लागि गएकै बेला उनको हत्या गरिएको थियो । यहाँ रहेको एउटा शहीद स्तम्भले त्यस स्थानलाई अङ्कित गर्दछ, जहाँ उनको हत्या गरिएको थियो ।

२७. प्रतिवर्ष ३० जनवरीको दिन महात्मा गान्धीको पुण्यतिथिमा कतिपय देशको स्कूलहरूमा अहिंसा र शान्तिको दिन मनाइन्छ, जसको स्थापना सन् १९६४ स्पेनमा भएको थियो । दक्षिणी गोलाद्र्धको क्यालेण्डर प्रयोग हुने ठाउँमा ३० मार्चमा यो दिवस मनाइन्छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्