काठमाडौं । नेपालको संविधानलाई लिएर संसदभित्र आलोचना गर्नेहरुको संख्या अहिलेसम्म पनि कायमैं छ । कतिपयले त्यही संविधानको धारामा टेकेर देशको सांसद भएर त्यही देशको विरोध गरेका छन् ।
अहिले संविधानको विरोधमा मधेशवादी दलहरु देखिएका छन् । सत्तारुढ संघीय समाजवादी फोरम, नेपालकी सांसद प्रमिला कुमारीले आफू मधेसी भएकै कारण राष्ट्रिय सभाबाट पीडित हुनु परेको गुनासो गरेकी छन् ।
नेपाली संसदमा मधेशबाट आएका केही सासंदहरुले हिन्दी भाषालाई आफ्नो भाषा मानेर राष्ट्रिय सभालाई सम्बोधन गर्ने गरेको घटना नयाँ होइन । सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद कुमारीले तीनजना ब्राहमण मिलेर संविधान लेखेको जिकिर गरिन् ।
राष्ट्रियसभाका अन्य सांसदहरुले मन्त्रिपरिषदबाट निर्णय गराएर विभिन्न सुविधा लिएपछि आफूहरुले मधेशी भएकैं कारण नपाएको गुनासो गरिन् । संघीय समाजवादी फोरम, नेपालको राष्ट्रिय सभामा आफू दलको नेता भए पनि राष्ट्रिय सभाले आफूलाई पाउने सुविधाबाट बञ्चित गराएको सांसद कुमारीको आरोप छ ।
एक फरक प्रसंगमा नेपालमाथि बर्सिएकी कुमारीले भारतलाई भने महान् देश भन्न भ्याएकी छिन् । उनले भारतजस्तो महान देशमा चिया बेच्ने मान्छे प्रधानमन्त्री भएको भन्दैं नेपालप्रति कटाक्ष गरेकी हुन् । सांसद कुमारीले मधेशी भएकै कारण आफूलाई पाउने सुविधाबाट बञ्चित गराएको हुनसक्ने आशंका पनि व्यक्त गरेकी छन् ।
सांसद कुमारीले संविधान संशोधन गर्ने प्रतिवद्धता पूरा नगरेको भन्दै प्रधानमन्त्री केपी ओली सरकारको पनि आलोचना पनि गरेकी छिन । उनले सरकारले मधेशीलाई हेप्ने काम गरिरहेको भन्दै आक्रोश पनि व्यक्त गरिन् ।
उनले संसदमा नेपाल सरकारप्रति आक्रोस र भारत सरकारप्रति सर्मथन गर्नमा धेरैं समय खर्च गरेकी छिन् । उनका अनुसार नेपालको संविधान तीनजना ब्राह्माणहरुले बनाएका हुन् भने भारतको संविधान एकजना दलितले बनाएका हुन् । नेपालको संविधान कसैंलाई मान्य हुँदैन । तर, भारतीय संविधान सर्वमान्य हो ।
लगायतका केही प्रश्नहरु उनले उठाएकी हुन् । उनले देशमा महिला मधेशी प्रधानमन्त्री बन्न नसक्नु क्षमताको कारण भन्दा पनि नेताहरुको दबाउन खोज्ने प्रवृत्तिको कारण समस्या भएको जिकिर गरिन् ।
सारा नेपालीलाई चोट दिने सांसद !
सारा नेपालीलाई चोट दिने सांसद : भारत महान देश भन्दै सभा बैठकमै नेपाललाई गाली गर्ने यी प्रमिलालाई चिन्नुहोस्
Posted by Voice of Gorkhali विश्वभरीका नेपालीभाषीको जमात on Friday, October 12, 2018



लाेकपाटी न्यूज

