सि.जी.को दशैं, तिहार अफर बजारमा, यस्तो छ सुविधा

Dashain Mnemonic Final
लाेकपाटी न्यूज

नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स् ब्राण्ड सि.जी. ले यसपालीको चाडपर्व दशैं, तिहार तथा छठलाई लक्षित गर्दै आफ्नो “यसपालिको चाडमा, सि.जी. लाग्यो घर–घरमा” नामक नयाँ उपहार योजना ल्याएको छ ।

यस उपहार योजना अन्तर्गत अब ग्राहकहरुले सि.जी. ब्राण्डका विभिन्न इलेक्ट्रोनिक्स् सामानहरुको खरिदमा १० वर्षसम्मको वारेण्टी, ३६% सम्मको आकर्षक बचत (क्यासब्याक) तथा अन्य विभिन्न पक्का उपहारहरु ल्याएको छ । साथै, हरेक हप्ता सि.जी.कै रेफ्रिजरेटर तथा सि.जी.कै टेलिभिजन जित्नुका साथै बम्पर उपहारमा एक जोडीलाई थाइल्याण्ड घुम्ने अवसर पनि रहेको कम्पनिले जनाएको छ ।

उक्त योजना अन्तर्गत ग्राहकहरुले सि.जी. ब्राण्डका टेलिभिजनहरुको खरिदमा ३ वर्षसम्मको वारेण्टी, ३६% सम्मको बचत, तथा सि.जी. ५.१ स्पिकर लगायत सि.जी. २.१ स्पिकर प्राप्त गर्नेछन् । सि.जी. ब्राण्डका रेफ्रिजरेटरहरुको खरिदमा ६० महिनाको वारेण्टी, २१% सम्मको बचत लगायत इन्टेक्स् फिटरिस्ट् वाच प्राप्त गर्न सक्नेछन् ।

सि.जी. ब्राण्डका वाशिङ्ग मेशिनहरुको खरिदमा १० वर्षसम्मको वारेण्टी, इण्टेक्स् फिटरिस्ट् वाच लगायत ५ किलोग्राम एरियल डिटरजेन्ट पाउडर पनि प्रयोगकर्ताले प्राप्त गर्नेछन् । यसैगरि सि.जी. ब्राण्डका अन्य थुप्रै इलेक्ट्रोनिक्स् प्रोडक्टहरुमा पनि यस्तै आकर्षक पक्का उपहारहरु रहेको छ ।

यो आकर्षक योजना कम्पनीले असोज १० गतेबाट देशभरमा सीमित अवधिका लागि मात्र लागू गरेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्