‘ढुक्क भएर लगानी गर्नुस्’ : प्रचण्ड

prachanda delhi
लाेकपाटी न्यूज

नयाँदिल्ली, २३ भदौ । भारतको राजधानी नयाँ दिल्लीको भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले नेपालमा लगानी र प्रतिफल सुरक्षाको वातावरण बनाएको बताएका छन् ।

शुक्रबार साँझ इण्डो नेपाल सेन्टरको दिल्लीमा उद्घाटन गर्दै यस्तो बताएका हुन् । विभिन्न क्षेत्रका लगानीकर्ताहरुको सहभागिता रहेको उक्त कार्यक्रममा अध्यक्ष प्रचण्डले पारम्परिक नीति नियम परिवर्तन गरी नेपालमा लगानीमैत्री वातावरण निर्माण गर्न लागिएको बताए ।

उनले भने, ‘आर्थिक समृद्धिका लागि हामी सम्पूर्ण तागतका साथ अघि बढेका छौं । नेपाल प्राकृतिक सम्पदा प्रचुर रहेको देश हो । यहाँ जलविद्युत धेरै सम्भावना छ । विद्युत उत्पादनमा हामी सहकार्य गर्न इच्छुक छौं । जलउर्जा विद्युत उत्पादनका लागि मात्र होइन । यो त पानीको व्यवस्थापन पनि हो । हामी सरगमाथाबाट मिनरल वाटर बनाउन सहकार्य गर्न सक्छौं । यसलाई विश्व बजारमा पुर्याउन सक्छौं । पर्यटन विकासको पनि उत्तिकै सम्भावना छ । कृषिका आधारित उद्योग, धार्मिक पर्यटन लगायतका क्षेत्रमा धेरै सम्भावना छ ।’

प्रचण्डले नेपाल आर्थिक समृद्धिको दिशामा अघि बढिरहेको बताए । ‘ढुक्क भएर लगानी गर्नुस्, हामी लगानीमैत्री कानून निर्माणको प्रक्रियामा छौं’ प्रचण्डले भने, ‘अबको हाम्रो एक मात्र लक्ष्य आर्थिक समृद्धि हासिल गर्नु हो ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्