काठमाडौं । पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले चिकित्सकीय सेवामा फर्कने संकेत गरेका छन् । सक्रिय राजनीतिमा नरहेका यादवले चिकित्सकीय सेवामै फर्कने ईच्छा देखाएका हुन् ।
बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको ११ औं वार्षिक साधारणसभालाई शनिबार सम्बोधन गर्दै पूर्व राष्ट्रपति यादवले चिकित्सकीय सेवामा फर्कने संकेत गरेका हुन् । उनले सरकारी अस्पतालमा दैनिक एक घण्टा सेवा गर्ने गरी काम गर्ने सोच बनाएको बताएका छन् ।
पूर्व राष्ट्रपति यादव राजनीतिमा आउनुभन्दा अघि बीपी कोइरालाको निजी चिकित्सक पनि थिए । कोइरालाकै संगतमा उनी राजनीतिमा आएका हुन् ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि आफूले आंशिक प्रध्यापन गर्ने बताउँदै आएका छन् । उनले एक महिना लामो अमेरिका बसाइमा त्यसको अभ्यास गरेका थिए ।



लाेकपाटी न्यूज

