७१० कोरोना संक्रमित थपिए, मृत्यु हुनेको संख्या कति ?

corona_test
फाइल तस्वीर
लोकपाटी न्यूज

काठमाडौं। नेपालमा थप ७१० कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा १ हजार १७५ संक्रमित निको भएका छन्।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५३ हजार १८४ पुगेको छ। सक्रिय संक्रमितको संख्या ८ हजार ८४० छ। पछिल्लो २४ घण्टामा १२ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ७७७ पुगेको छ।

मन्त्रालयका अनुसार ८ हजार ८४० जना आइसोलेसनमा छन्। स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार हालसम्म २ लाख ४२ हजार ५६७ संक्रमित निको भइसकेका छन्। तथ्यांक अनुसार कुल १८ लाख ६६ हजार २१० पीसीआर परीक्षण गरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्