नेकपाको स्थायी कमिटी बैठक सकियो, के-के भए निर्णय ?

Esthae kamiti meeting
फाइल तस्वीर
लोकपाटी न्यूज

काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को स्थायी कमिटी बैठक सकिएको छ। पुस ५ गते पुनः बस्ने गरी बैठक सकिएको हो।

झण्डै तीन घण्टा ढिलागरी बसेको बैठकले सरकारले हालै ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता गर्ने तथा संसदको विशेष अधिवेशन बोलाउन संकलन गरिएको हस्ताक्षर स्थगित गर्ने निर्णय गरेको छ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘सरकारले हालै ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता गर्ने तथा संसदको विशेष अधिवेशन बोलाउन माग गर्दै संकलन गरिएको हस्ताक्षर पनि रोक्ने निर्णय गरेको छ। हिजोको संवैधानिक परिषद्को बैठकमा कसैलाई पनि सिफारिस नगरिएको प्रधानमन्त्रीले जानकारी गराउनुभएको छ।’

उनका अनुसार स्थायी कमिटीको बैठक पुस ५ गते बस्ने भएकाले सो दिनका लागि तय भएको केन्द्रीय कमिटी बैठक पुस १० गतेका लागि सारिएको छ।