आज यस वर्षकै अन्तिम सूर्य ग्रहण

surya garan
लोकपाटी न्यूज

काठमाडौं। मार्गशीर्ष मासको अमावास्य अर्थात् सोमबार (१४ डिसेम्बर)  आज सूर्य ग्रहण लाग्दैछ। यो ग्रहण नेपालबाट भने देखिने छैन।

नेपाली समयानुसार यो बेलुका ७ : १८ बजे शुरु हुनेछ। यसको मध्यकाल १० बजे र राती १२ः३८ मा सकिनेछ। नेपालमा ग्रहणको समय राती रहनेछ।

अन्तिम सूर्य ग्रहण दक्षिण अमेरिका, दक्षिण पश्चिम अफ्रिका, एटलान्टिक, हिन्द र प्रशान्त महासागरका केहि भागबाट देखिनेछ।

यो ग्रहण वृश्चिक राशिको धनिष्ठा नक्षत्रमा लागिरहेको छ। यो समय मकर राशिमा गुरु र शनिको युति बन्नेछ ।