राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक पुस पहिलो साता

Raprapa
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक पुस पहिलो साता बस्ने भएको छ।

अध्यक्षत्रयको आज बसेको बैठकले पुस ४ गते काठमाडौंमा केन्द्रीय समिति बोलाउने निर्णय गरेको अध्यक्ष कमल थापाले जानकारी दिए।

बैठकमा देशको समसामयिक राजनीतिक परिस्थिति, पार्टी संगठनको सुदृढीकरण, महाधिवेशनको तयारी र भावि संघर्षको कार्यक्रम लगायतका विषयमा छलफल हुने थापाको भनाई छ।