काठमाडौं। विवेकशील नेपाली दल र साझा पार्टीबीच बिहीबार पुनः एकपटक एकीकरण भएको छ। एकीकरण भएको पार्टीको नाम विवेकशील साझा पार्टी रहनेछ।
‘विवेकशील साझा पार्टीलाई सबैको प्रगतिशील पार्टी बनाउनेछौँ,’ जुममार्फत् आयोजित विवेकशील नेपाली र साझा पार्टीको एकीकरण कार्यक्रममा संयोजक मिलन पाण्डेले भने।
पाण्डेले आफूले जानेर वा नजानेर जनताहरुको चित्त दुखाएको उल्लेख गर्दै अब त्यो चित्त दुख्ने अवस्था नआउने उल्लेख गरे।
एकीकृत पार्टीको केन्द्रीय समिति दुवैतर्फबाट ६५र६५ जना गरी १३० जनाको हुने जानकारी कार्यक्रम सञ्चालक रञ्जु दर्शनाले दिइन्। एकता महाधिवेशन ६ महिनाभित्र हुने जानकारी पनि उनले दिइन्।
पार्टी संयोजक मिश्रले अब विवेकशील साझालाई अटल रुपमा अघि बढाउने बताए। ‘यो देशको नेतृत्वमा पुग्नसक्ने पार्टी हामी यसलाई बनाउनेछौँ,’ उनले भने, ‘विवेकशील साझा पार्टीलाई आगामी निर्वाचनमा निर्विकल्प पार्टीका रुपमा उभ्याउने गरी हामी काम गर्नेछौँ।’
साझा पार्टीका प्रमुख रवीन्द्र मिश्र र विवेकशील नेपालीका तर्फबाट मिलन पाण्डेले एकीकरण प्रस्तावमा हस्ताक्षर गरेका थिए।



लोकपाटी न्यूज

