छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ

hatkadi-pakrau
लोकपाटी न्यूज

दैलेख। जिल्ला प्रहरी कार्यालय दैलेखले छोरीलाई बलात्कार गरेको आरोपमा बाबुलाई पक्राउ गरेको छ। मदिरा सेवन गरेर आफ्नै १४ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

गत शुक्रबार दिउँसो साढे चार बजेतिर घरमा कोही नभएको मौका छोपी ललाइ–फकाइ आफ्नै छोरीमाथि बलात्कार गरेको गोप्य सूचनाका आधारमा ३८ वर्षीया पुरुषलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डिएसपी) अनुपम श्रेष्ठले ती पुरुषमाथि मुद्दा दर्ता भई दैलेख जिल्ला अदालतबाट म्याद थपेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको जानकारी दिए। उनको ठेगाना गोप्य राखिएको छ भने थप अनुसन्धान भइरहेको डिएसपी श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्