माइक्रोसफ्ट विश्वकै ‘नम्बर वान’ ब्राण्ड, एप्पल कति औं स्थानमा ?

Apple brand
लाेकपाटी न्यूज

काठमाडा । एप्पल कम्पनीले आफ्नो आम्दानी अपेक्षा गरेभन्दा कम हुने चेतावनी दिएलगत्तै उसको शेयरमा ७५ अर्ब डलरको नोक्सानी भएको छ ।

प्रविधिसम्बन्धी विशाल कम्पनी एप्पलले वाल स्ट्रिटमा बिहीबार एप्पलको शेयर मूल्य १० प्रतिशतले खस्कियो जानकारी दिएको छ ।

चीनमा एप्पलको बिक्रीमा आएको मन्दीले कम्पनीको आम्दानी घटेको एप्पलका प्रमुख कार्यकारी टिम कुकले बताए । सन् २०१८ का अन्तिम तीन महिनामा एप्पलको आम्दानी ८४ अर्ब डलर मात्र भएको थियो तर त्यसअघि सो आम्दानी ८९ अर्ब डलर हुने अपेक्षा गरिएको थियो ।

अन्य कम्पनी जस्तै मोबाइल कम्पनी एप्पलको वर्षभर मध्ये सबैभन्दा बढी आम्दानी क्रिसमसमा हुने गर्दछ । तर, यसपाली क्रिसमसमा पनि सोचेजस्तो सफलता हात पार्न भने सकेनन् ।

पहिले-पहिले आइफोनको नयाँ संस्करण बजारमा आउने बित्तिकै मानिसहरू त्यसलाई किन्न निकै उत्सुक हुन्थे । कम्पनीको शोरुम बाहिर लामो लाइन लागिरहेको देखिन्थ्यो । एप्पलको आइफोन मोबाइलको बिक्रीमा आएको गिरावटलाई कम्पनीको आम्दानी घट्नुको प्रमुख कारण ठानिएको छ ।

आइफोनका नयाँ संस्करणको मूल्य नै एक हजार डलर पुगेपछि मानिस चर्को शुल्क तिरेर आइफोनको नयाँ संस्करण लिनुभन्दा राम्रा गुणस्तरका मोबाइल फोन लिने गर्दछन् ।

चीनमा एप्पलका सामग्री बिक्रीमा गिरावट आएलगत्तै त्यसको असर अमेरिकी शेयर बजारमा परेको छ । जसले एप्पल अब ठूलो कम्पनीको चौथो स्थानमा आइपुगेको छ । केही समय अघिसम्म एप्पल अमेरिकामा सार्वजनिक शेयर खरिदबिक्री हुनेमध्ये सबैभन्दा ठूलो कम्पनी थियो । अब यसलाई माइक्रोसफ्ट, एमेजन र गुगलको स्वामित्व भएको अल्फाबेट कम्पनीले उछिनिसकेका छन् ।

अचेल एप्पलले सेवा, स्वास्थ्य तथा फिटनेस क्षेत्रमा निकै प्रगति गरेको छ । फेसबुकको कूल आम्दानी बराबर एप्पलले सेवा क्षेत्रबाट कमाउँछ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्