आज देशभरको मौसम कस्तो रहला ?

mausama
लोकपाटी न्यूज

काठमाडौं। मौसमविद्का अनुसार शनिबार पहाडी क्षेत्रको एक दुई ठाउँमा हल्का पानी पर्ने छ। भारतको पूर्वी उत्तर प्रदेश र बिहारको आसपासमा बनेको न्युन चापीय प्रणालीको प्रभावले शनिबार दिउँसो देशभरकै पहाडी क्षेत्र आशिंकदेखि सामान्य बदली भएर एक दुई ठाउँमा हल्का पानी पर्ने संभावना रहेको मौसमविद्ले बताएका हुन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेषगरी प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना छ। यस्तै शनिबार राति प्रदेश १ र बागमती प्रदेशका पहाडी क्षेत्रका एक दुई ठाउँमा फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

यसैगरी आइतबार दिउँसो प्रदेश १ को पहाडी क्षेत्रको एक दुई स्थानमा फाट्टफुट्ट पानी पर्ने संभावना छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रको मौसम आशिंकदेखि सामान्य बदली हुने तथा कर्णाली र सुदूरपश्चिमी प्रदेशका पहाडी भेगमा बादल लाग्दै मौसम खुल्नेछ। बाँकी ठाउँको मौसम भने सामान्यतया सफा नै रहनेछ।

आइतबार राति प्रदेश १ को पहाडी भू–भागका एक दुई स्थानमा छिटपुट पानी पर्ने सम्भावना छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली भएपनि अरु ठाउँको मौसम सामान्यतया सफा रहनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्