काठमाडौं । नेपाल सरकारको मन्त्रीपरिषद बैठकले चितवनको भरतपुरमा रहेको भरतपुर अस्पताललाई विशेषज्ञ सेवासहितको अस्पतालमा रुपान्तरण गर्न सैद्धान्तिक सहमति दिएको छ ।
भरतपुर अस्पताललाई विशेषज्ञ सेवासहितको आधुनिक अस्पतालमा विकसित गर्न पूर्व प्रधानमन्त्री एवं चितवन क्षेत्र नं.–३ का सांसद पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले पहल गरेका थिए । प्रचण्ड र मेयर रेनुको पहलमा अस्पतालमा विशेषज्ञ सेवा थप्ने निर्णय भएको हो ।
मन्त्रीपरिषद बैठकले भरतपुर अस्पतालसहित कोशी अञ्चल अस्पताल, विराटनगर, नारायणी उप–क्षेत्रीय अस्पताल, वीरगञ्ज, भेरी अञ्चल अस्पताल, नेपालगञ्ज र डडेलधुरा उप–क्षेत्रीय अस्पताललाई पनि विशेषज्ञ सेवासहित स्तरोन्नति गर्ने निर्णय गरेको हो ।
मन्त्रीपरिषदका बैठकका निर्णय सार्वजनिक गर्दै सूचना तथा प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले ५ अस्पतालहरुको स्तरोन्नतिका लागि सैद्धान्तिक स्वीकृति दिएको जानकारी गराएका हुन् ।



लाेकपाटी न्यूज

