काभ्रेपलाञ्चोक। नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का नेता गोकुलप्रसाद बाँस्कोटाले दुःख गरेर बनेको पार्टी विभाजन नहुने बताएका छन्। बनेपामा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य बाँस्कोटाले एकले अर्कालाई लखेट्ने प्रवृत्ति छाडेर नेतृत्वले समझदारी राख्नुपर्नेमा जोड दिए।
उनले आम-क्रान्ति र विद्रोह भनेको जनताका सम्पूर्ण अधिकार खोसिएका बेला मात्रै हुने पनि जनाए। कार्यक्रममा नेत्रविक्रम चन्द समूहका ७० नेताकार्यकर्ता नेकपामा प्रवेश गरेका थिए।
सो अवसरमा वाग्मती प्रदेशसभा सदस्य चन्द्र लामा, जिल्ला समन्वय समिति प्रमुख उद्धव केसी, धुलिखेल नगर प्रमुख अशोक ब्याञ्जू, बनेपा नगर प्रमुख लक्ष्मीनरसिं वादे, बनेपा जिल्ला नेता मुक्ति विष्ट, विनोद गौतम, रत्नकुश रञ्जितकारलगायतले नेकपामा नवप्रवेशीलाई शुभकामना दिएका थिए।



लोकपाटी न्यूज

