लैंगिक हिंसा कसैले नगरौ।
हिंसा भए सहेर नबसौ ।।
धेरै जसो यौनहिंसा घरैभित्र हेर ।
यौनहिंसा घरैभित्र हेर ।
चूपचाप सहेका छौ आफ्नै संझेर ।
हिसा विभेद सहेर बसिन्न ।।
ललाई, फकाई, धाक धम्की प्रलोभनमा पारी।
बलात्कार कति भए बालिका, किशोरी माथि।।
बलात्कार जघन्य अपराध।
अपराधी उम्केलास खबरदार।।
मेलापात , घास दाऊरा पानी पँधेरामा।
बलात्कारी जोगाउछन् हाम्रै समाजमा ।।
म पीडित चाहिँ लुकेरै बस्नु हो ।
बलात्कारी निश्फिक्री डुल्ने भो।।
धेरै जसो बलात्कारका मुद्दाहरु मिलापत्र हुन्छन्।
जसका कारण बलात्कारी पुन: बलात्कारै गर्छन्।।
मिलापत्र कसैले नगराऔं।
पीडितलाई सबैले सघाऔं।।
लैंगिक हिंसा जघन्य अपराध।
अपराधी उम्केलास् खबरदार ।।।



लोकपाटी न्यूज

