रेशम चौधरीले लिए सांसदको शपथ

Resham Chaudhary
लाेकपाटी न्यूज

काठमाडौं, १९ पुस । टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीले प्रतिनिधिसभा सदस्यको शपथ लिएका छन् ।

गतवर्ष भएको प्रतिनिधिसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित चौधरीलाई बिहीबार सभामुख कृष्णबहादुर महराबाट पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

उनी शपथ लिनका लागि डिल्लीबजार कारागारबाट सिंहदरबार आएका थिए । शपथ ग्रहण कार्यक्रममा राजपाका नेताका साथै सत्तारुढ नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसमेत उपस्थित भएका थिए ।

चौधरीलाई शपथ ग्रहण नगराए सरकारलाई दिएको समर्थन फिर्ता लिने भन्दै राजपाले चेतावनी दिएका थिए । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा सांसद् चौधरीले शपथ ग्रहण गर्ने अवसर पाएका हुन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्