काठमाडौं। भारतीय विदेश सचिव हर्षबर्धन शृंगला र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा मन्त्री ज्ञवाली र विदेश सचिव हर्षबर्धन शृंगलाबीच भेटवार्ता भएको हो।
भारतीय विदेश सचिव शृंगला नेपालको दुई दिने भ्रमणमा छन्। उनी बिहीबार बिहान ११ बजे काठमाडौं आइपुगेका हुन्। विदेश सचिव शृंगलाले परराष्ट्रमन्त्री ज्ञवालीलाई भेट्नु अघि नेपाली प्रतिनिधिमण्डलसँगको द्विपक्षीय वार्ता गरेका थिए।
करिब एक वर्षपछि भएको द्विपक्षीय बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौडेलले र भारतीय टोलीको नेतृत्व भारतीय विदेश सचिव शृंगलाले गरेका थिए।
सो बैठकमा द्विपक्षीय सम्बन्धका विभिन्न मामिलामाथि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। सचिव पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा भारतीय सचिव शृंगला आज काठमाडौं आएका हुन्।



लोकपाटी न्यूज

