ह्वात्तै बढ्यो सुनचाँदीको भाउ

Gold
लाेकपाटी न्यूज

काठमाडौं, १९ पुस । बिहीबार सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा आठ सयले बढेर रु. ६० हजार ४ सयमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला रु. ६० हजार १ सयमा किनबेच भइरहेको छ ।

चाँदी पनि आज तोलामा पन्ध्र रुपैयाँले बढेर रु. ७६० मा कारोबार भइरहेको महासंघले जनाएको छ । महासंघका अनुसार आजको सुनचाँदीको भाउ पुस महिनाकै उच्च हो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्