मेलवान तामाङ (निङमार), काभ्रे । तेमाल गाउँपालिका–८ ल्होङ्सालका सेतीदेवी माविको ४१ औं वार्षिकोत्सव सम्पन्न भएको छ ।
विद्यालयको ४१ औँ वार्षिकोत्सव काभ्रे क्षेत्र नं.–१ का प्रतिनिधि सभा सदस्य गंगा बहादुर दोङ बामध्वजको प्रमुख आतिथ्यता र काभ्रे क्षेत्र नं.–१ (क) का प्रदेश सांसद रत्न ढकाल विशेष आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा फिड नेपालले कक्षा २ देखि ८ सम्मका विद्यार्थीहरुलाई लत्ताकपडा र स्टेशनरी सामान बितरण गरेको थियो । उक्त कार्यक्रमको संयोजन समाजसेवी सीता लामाले गरेकी थिइन् ।
कार्यक्रममा सांसद गंगाबहादुर दोङ, प्रदेश सांसद रत्न ढकाल, भूपू प्रअ सूर्यबहादुर लामा, स्रोत व्यक्ति ईन्द्रप्रसाद पाण्डे, प्रअ सुरथ लामा, भूपू अध्यक्ष सुकमान तामाङ, वडाध्यक्ष लक्ष्मीबहादुर घिसिङ लगायतले बोलेका थिए ।



लाेकपाटी न्यूज

