पचास हजार नर्स बेरोजगार

Staff nurse
लाेकपाटी न्यूज

काठमाडौँ । देशमा नर्सहरुको बेरोजगारीको सीमा नाघेको छ । ६६ प्रतिशत नर्स बेरोजगार छन् ।

नेपाल नर्सिङ काउन्सिलमा कुल ८५ हजार आठ सय ६ नर्स दर्ता भएकोमा २५ हजारले मात्रै रोजगारी पाएका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

काउन्सिलका अनुसार सात हजार नर्स रोजगारीको खोजीमा बिदेसिएका छन् । काउन्सिलमा दर्ता भएका पाँच हजार नर्सको मृत्यु भइसकेको छ । ४८ हजार आठ सय ६ नर्स देशभित्रै बेरोजगार छन् ।

हचुवाका भरमा स्टाफ नर्स पठाउँदा प्राविधिक बेरोजगारहरु उत्पादन भइसकेका छन् । सरकारले यसतिर ध्यान दिनुपर्नेमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्