दिउँसै लुटियो १० लाख

Lutera
सांकेतिक तस्बिर
लाेकपाटी न्यूज

सिन्धुपाल्चोक, १८ पुस । सिन्धुपाल्चोक चौहत्तरकिलोबाट दिउँसै १० लाख नगद चोरी भएको छ ।

मंगलबार दिउँसो बलेफी गाउँपालिका–५ स्थित चौह्रत्तरकिलोबाट सुनसरी धरानबराह नगरपालिका–१ बस्ने २६ वर्षीय निरोज घिमिरेको नगद १० लाख रुपैयाँ लुटपाट भएको हो ।

खाजा खाइरहेको बेला बा ८३ प ६१८६ नम्बरको मोटरसाइकलमा सवार तीन जना अपरिचित व्यक्तिले रड प्रहार गरी उक्त रकम लुटेर फरार भएको प्रहरीले बताएको छ । घिमिरे सुन खरिद गर्न मोटो रकम साथमा बोकर हिँडेका थिए ।

त्यस्तै काठमाडौं महानगरपालिका–३२ महादेबस्थानमा चोरी भएको छ ।

धनुषा ढल्केबरका २७ वर्षीय पुष्कर बाँनियाको कोठाबाट मंगलबार दिउँसो कोही नभएको अवस्थामा करिब १ लाख ५० हजार रुपैयाँ बराबरको सुनका विभिन्न गरगहना चोरी भएको हो ।

यसैगरी काठमाडौं महानगरपालिका–९९ विजयचोक डेरा गरी बस्ने बाँके बागेश्वरी नगरपालिका–२ का ३० वर्षीय पार्वत खड्काको कोठाबाट मंगलबार साँझ नगद २ हजार र सुनका गहना तथा सोही घरमा डेरा गरी बस्ने संजिव गुरुङ्गको डेरा कोठाबाट पनि एक थान ल्यापटप र करिब १ लाख ६ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

चोरहरुको खोजी भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्