संस्कृत भाषा र ग्रन्थहरु सिक्दै नासा

Nasa Saskrit
लाेकपाटी न्यूज

काठमाडौं । राष्ट्रिय हवाई यातायात तथा अन्तरीक्ष प्रशासन (नासा) मा संस्कृत सिक्ने काम भइरहेको बताइएको छ । नासामा रहेको एक रिसर्च टीम संस्कृतको भाषाबाट नयाँ खोजको सुरुवात गर्न गइरहेका छन् ।

उनीहरु संस्कृतबाट अरु केही विकास गर्न सकिन्छ कि भन्नेमा अध्ययन गरिरहेका छन् । विश्व भाषाको इथियोलोगु सूचिका अनुसार विश्वमा करिब ६ हजार ९ सय भाषा रहेका छन् । जसमध्ये चाइनीज भाषालाई सबैभन्दा धेरैले बोल्छन् । त्यस्तै फ्रेन्च र इटालियन भाषा सबैभन्दा सुन्दर रहेको बताइने गरिएको छ ।

संस्कृत आफैमा विशाल र विकराल भाषा हो । संसारका कुनै पनि भाषामा यति धेरै शब्द छैन, जुन संस्कृतमा रहेको छ । अहिलेसम्म संस्कृतमा १०२ अर्ब ७८ करोड ५० लाख शब्दको प्रयोग भएको छ । जानकारहरुका अनुसार यदि कम्प्युटरमा यस भाषाको प्रयोग भए भाषाको दायरा अझै बढाउन सकिनेछ । संस्कृतमा अन्य भाषाको तुलनामा कम शब्दमै कुरा गर्न सकिन्छ ।

यूनिभर्सिटी अफ शिकागो ओक एमआइटी जस्ता संस्थानले अहिले संस्कृत सिकाइरहेका छन् । यस बाहेक नासामा पनि एक विभाग छ, जुन प्राचीन संस्कृतमा लेखिएको हस्तलिपिमाथि रिसर्च गरिरहेको छ । संस्कृत संसारमा बोलिने सबै भाषामा सबैभन्दा स्पष्ट बोलिने ल्याङवेज रहेको नासाको बुझाइ रहेको छ ।

नासा छैठौं र सातौँ जनरेशनमाथि काम गरिरहेको छ जुन संस्कृतमा आधारित हुनेछ । यसैकारण संस्कृत र गहिराइमा बुझ्न नासा संस्कृतमा लेखिएको ६० हजार पाडुलिपिमाथि पनि रिसर्च गरिरहेको छ ।

संस्कृतले मेमरी पावर बढाउँछ । जुन विद्यार्थी संस्कृत पढ्छ, ऊ अर्को विद्यार्थीको तुलनामा छिटो गणित र विज्ञानजस्ता विषय बुझ्न सक्छ । त्यसैले विश्वका कयौ इन्टरनेशनल स्कूलले संस्कृत भाषालाई अनिवार्य बनाएका छन् । केही रिसर्चमा संस्कृत बोल्ने वा पढ्ने गर्नाले हाम्रो शरीरभित्र एनर्जी प्वाइन्ट जाग्ने देखाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्