चोलेन्द्रमाथि सुनुवाइ हुने

Cholendra Rana
लाेकपाटी न्यूज

काठमाडौं, १७ पुस । प्रधानन्यायाधीशमा सिफारिस भएका न्यायाधीश चोलेन्द्र शमशेर जबराका विषयमा मंगलबार सुनुवाइ हुने भएको छ ।

प्रस्तावित प्रधानन्यायाधीश जबराको सुनुवाई गर्ने क्रममा गत शुक्रबार सङ्घीय संसदका कर्मचारीहरूले आन्दोलन गरेका थिए । उक्त आन्दोलनपछि उनीमाथिको सुनुवाइ प्रभावित बनेको थियो । आज जबराले सांसदहरूले गरेका प्रश्नको जवाफ दिनेछन् ।

उनकाे विषयमा ९ वटा उजुरी परेका छन् । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण आजबाट अवकाश पाउँदैछन् । यसअघि संसदीय सुनुवाई विशेष समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत भएका दीपकराज जोशी पनि यसपटक प्रधानन्यायाधीश बन्ने लाइनमा भएपनि संवैधानिक परिषदले जबराको नाम मात्रै अनुमोदन गर्‍यो ।

संविधानको धारा १२९ उपधारा २ मा ‘संवैधानिक परिषदको सिफारिसमा प्रधान न्यायाधीशको र न्याय परिषद्को सिफारिसमा सर्वोच्च अदालतका अन्य न्यायाधीशको नियुक्ति राष्ट्रपतिबाट हुने’ व्यवस्था छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्