प्रत्येक वर्ष वितरण हुदै आएको पहिचान पुरस्कार वि.स. २०७६ र सन्न्२०१९ सालका लागि दुई कृतिहरु उन्मुक्त पुस्ताको ‘आफ’ र सरस्वती प्रतिक्षाको ‘नथिया’लाई प्रदान गर्ने घोषणा गरेका छन् ।
उत्कृष्ट पाँच कृतिहरुमा उन्मुक्त पुस्ताको ‘आफर’, सरस्वती प्रतिक्षाको ‘नथिया’, नविन जिरेलको ‘भीषण दिनहरु’, वसन्त बस्नेतको ‘७२ को बिस्मय’ र गणेश राईको ‘फोकल्याण्ड जर्नल’ रहेका थिए ।
२ लाख २ हजार दुई रुपैयाँ राशीको यो पुरस्कार आउने साल दुवै पुस्तकलाई बराबरी १ लाख २ हजार दुई रुपैयाँ प्रदान गरिने कुरा पहिचान पुरस्कार कोषको प्रेस विज्ञप्तीमा जनाइएको छ ।
पहिचानको मुद्दामा केन्द्रित कृतिहरु मध्येका सर्वोत्कृष्टलाई दिईने उक्त पुरस्कार वि.सं. २०७२ र सन् २०१५ मा स्थापना गरिएको हो । यसभन्दा अगाडि ३ वटा कृतिहरुले पहिचान पुरस्कार पाइसकेका छन् । यसपल्ट वितरण गरिने पहिचान पुरस्कार चौथो संस्करण हो ।
यस अघि राजन मुकारुङको ‘फेरिदो सौन्दर्य’, अर्जुन खालिङको ‘गोयङको सुगन्ध’ र यज्ञशको ‘भुइया’ले पहिचान पुरस्कार पाइसकेका छन् । पुरस्कार बैशाखको दोस्रो हप्ता वितरण गरिने भएको छ ।



लाेकपाटी न्यूज

