जुम्ला। जुम्लाका सबै ठाउँमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश कमिटीका सदस्य पुगेका छन् । प्रदेश कमिटीको बैठकपछि उनीहरु गाउँको अभियानमा छन् ।
स्थानीय तहदेखि जिल्लामा हुने पार्टी कमिटी र कार्यकर्ता तथा जनतासँगको सम्बन्ध नजिक बनाउन प्रदेश कमिटी पुगेका सदस्य पुगेका हुन् । जिल्लाबाट प्रदेश सदस्यमा रहेका ११ जना गाउँ–गाउँमा पुगेर पार्टी र सरकारले गरेका कामको जानकारी गराउनमा व्यस्त छन् ।
प्रदेश सदस्य सिञ्जा क्षेत्रको जिम्मेवारी सम्हालेका पूर्णप्रसाद धितालका अनुसार हाल सरकारले जनप्रेमी काम र जनताको अधिकारका लागि कानून ल्याएकाले सरकारप्रति कोही पनि सङ्कुचित नहुन आग्रह गरे । उनले पाँच वर्षभित्र नेकपाले चुनावी घोषणपत्रअनुसार काम गर्नेमा ढुक्क हुन आग्रह गरे ।
अर्का नेता प्रदेश सदस्य टेकराज पछाईले प्रतिपक्षले जे भन्यो त्यो सही नभएको उल्लेख गर्दै जनतालाई कसैको हल्लामा नपर्न अनुरोध गरे । उनले प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश र जनताका लागि सकारात्मक काम गरिरहेको जानकारी गराए । उनी दुई सदस्यसहित अरु नेता आफ्नो कार्यक्षेत्रमा जनतासँग प्रत्यक्ष भेटघाटमा जुटेका छन् ।
नेपाल कम्युनिष्ट पार्टीको कर्णाली प्रदेश कमिटीको बैठकले नेता–कार्यकर्तालाई गाउँ–गाउँमा खटाउने निर्णय गरेको थियो । प्रदेश कमिटीको निर्णयअनुसार कर्णाली प्रदेशमा नेकपाका कार्यकर्ता जनताको घरदैलोमा छन् ।



लाेकपाटी न्यूज

