प्रदेश ५ को नाम अब ‘लुम्बिनी प्रदेश’

Pradesh_5
लोकपाटी न्यूज

काठमाडौं। प्रदेश ५ को नाम लुम्बिनी दुईतिहाईभन्दा बढी मतले पारित भएको छ। प्रदेशसभामा अत्याधिक बहुमतले प्रदेशको नाम तय भएको हो।

प्रदेशसभामा मंगलबार भएको मतदानमा लुम्बिनीको पक्षमा ७९ परेको छ भने विपक्षमा ४ मत मात्र परेको छ। प्रदेशसभामा कूल ८७ सांसद रहेकामा ५ जना अनुपस्थित थिए। यससँगै अब प्रदेशको नाम लुम्बिनी कायम भएको छ।

प्रदेशको स्थायी राजधानीका बारेमा विवाद भए पनि नामको विषयमा खासै विवाद थिएन। यसअघि आजै प्रदेशको स्थायी राजधानी भालुवाङ कायम गर्ने प्रस्तावमाथि प्रदेशसभामा मतदान भएको थियो। उक्त मतदानबाट दुईतिहाइ बहुमतसहित प्रस्ताव पारित भएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्