प्रदेश ५ को राजधानी प्रस्ताव विवादः प्रदेशसभामा कांग्रेसको नाराबाजी

pradesh_5
लोकपाटी न्यूज

बुटवल। प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रदेश ५ को प्रदेशसभा बैठक अवरुद्ध गरेको छ। सरकारले दाङको भालुवाङलाई प्रदेशको स्थायी राजधानी बनाउने प्रस्ताव ल्याएको भन्दै नाराबाजी गरेको हो। लगतै सांसदहरुले रोष्टम घेराउ गरेका छन्।

बैठकको सुरुमै संसदीय दलका नेता वीरेन्द्र कनौडियाले राजनीतिक सहमति गरेर प्रस्ताव ल्याउनुपर्ने बताए। राजधानी दाङ लैजानुको औचित्य पुष्टि गर्न उनले आग्रह सरकारलाई आग्रह गरे। प्रदेशसभामा राजधानी र नामांकरणसम्बन्धी प्रस्तावमाथिको छलफलमा बोल्दै कांग्रेस नेताहरुले तानाशाही शैलीमा यो प्रस्ताव आएको भन्दै आपत्ती जनाए।

उनीहरुले संसदीय मर्यादा कायम राख्न, राजधानी विशेष समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायतका माग राखेका छन्। ‘मुख्यमन्त्री भनेको प्रदेशभरको हो, उहाँ शालिन नेता हो। तर भेगीय राजनीतिमा लाग्नुभयो। राजधानीको प्रस्ताव ल्याउँदा सहमति हुनुपथ्र्यो। खुसीको दिन हो, हर्ष हुनुपर्ने हो। तर बाहिर निषेधाज्ञा छ। मान्छे पक्राउ गरिएको छ। यो तानाशाही शैली भयो,’ कनौडिया भने।

कांग्रेसले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पार्टीका अध्यक्षद्वयको वैशाखी टेकेर दाङको भालुवाङलाई प्रदेशको स्थायी राजधानी बनाउने प्रस्ताव ल्याएको आरोप लगाएको छ। राजधानीको विषय राजनीतिक सहमतिबाट टुंगो लगाउनुपर्नेमा कांग्रेसले जोड दिएको छ। संसद बैठक २ बजेसम्मका लागि स्थगित भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्